किन बढ्यो मासुको मूल्य ?

Jun 08, 2021

 The image is not available

खुल्ला बजार अर्थतन्त्रमा सवैलाई ज्ञात छ मूल्य वढ्नु र घट्नु माग र आपूर्तिसँंग प्रत्यक्ष सम्वन्ध राख्दछ । माग अनुसारको आपूर्ति हुन नसकेपछि मूल्य स्वतः वढ्छ भने माग भन्दा वढी आपूर्ति हुन थालेपछि मूल्य घट्छ । यो सवैलाई सर्वविदितै भएको विषय नै हो । 


प्रत्येक मानिसको जनजीवनर्सँग प्रत्यक्ष सम्वन्ध राख्ने मासु जस्तो अति आवश्यक खाद्य पदार्थमा यति अचाक्ली मूल्य बृद्धि हुँंदा पनि कसैको ध्यान अझैसम्म तानिएको छैन । न केन्द्र सरकार, न प्रदेश सरकार, न त स्थानीय सरकारको नै । 
व्यवसायीले अहिलेसम्ममा मासुको मूल्य बारम्वार वढाएका छन् । बढाउने क्रम जारी पनि छ ।

तथ्यांक नै केलाएर हेर्ने हो भने व्यवसायीले फागुन महिनामा मात्रै तीन पटक भाउ बढाए । फागुनको शुरुमा ब्रोइलरको मासु ३५५ रुपैयाँ किलो थियो । फागुनमा मात्रै होइन, चैतमा पनि मासुको मूल्य वढिसकेको छ । चैतको पहिलो हप्ता नकटदै मासुको भाउ दुई पटक त बढिसक्यो र अझै कति पटक वढ्ने हो, त्यसको कुनै टुंगो छैन अहिलेसम्म । 
किन वढयो मूल्य ?


राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार कोभिड–१९ का कारण लकडाउनका बेला अन्तर्राष्ट्रिय उडान रोकिएको असर अहिले कुखुराको मासुमा परेको छ । चल्ला उत्पादनका लागि विदेशबाट आयात हुने प्यारेन्ट माउ कुखुराको अभावले उत्पादनमा ५० प्रतिशतले ओरालो लागेको संघले जनाएको छ । बजारमा खपत बढ्नु तर मागअनुसार कुखुरा उत्पादन नहुनु मूल्य बढ्नुको एक प्रमुख कारण हो, जुन कुरा सर्वसाधारणलाई जानकारी नै छ । तर यसरी हप्तामा नै दुई पटक भन्दा वढी भाउ बृद्धि हुनु चाहिं आश्चार्यजनक विषय अवश्य नै हो । 


यही अनुपातमा असर रहिरहे अझै केही महिनासम्म मासुको मूल्य बढ्न सक्ने देखिएको व्यवसायीहरु सुनाउँंछन् । नियमित प्रक्रियाबाट आयात भइरहेको चल्ला उत्पादन गर्ने प्यारेन्ट माउ ९ महिनासम्म आउन नपाउँदाको असर र बर्डफ्लुका कारण किसान पनि उत्पादनमा नलागेको उनीहरु बताउँछन् । साथै निराधार रुपमा वर्डफ्लुको हल्लालगायत आघोषित लकडाउन हुने डर व्यवसायी र सर्वसाधारणमा कायमै छ । फलस्वरुप यसले मासुजन्य व्यवसायमा प्रत्यक्ष सरोकार राखेकै छ । 
महँगो चल्ला र दाना
पछिल्लो सयमा चल्लाको भाउ पनि गोटामा ३० देखि ३५ रुपैयाँले बढेको छ । प्रतिगोटा ५५ देखि ६० रुपैयाँमा कारोबार हुने चल्लाको भाउ ९० रुपैयाँभन्दा धेरै भएको नेपाल ह्याचरी उद्योग संघले जनाएको छ । प्यारेन्ट कुखुरा अभावमै चल्लाको उत्पादन साप्ताहिक रूपमा १५ लाख गोटाले कम भएको संघ जनाउछ ।

हप्तामा ४० देखि ४५ लाख चल्लाको माग भए पनि उत्पादन २५ लाख हाराहारी मात्रै रहेको संघको  भनाइ छ ।
गत वर्ष यो सिजनमा ५५ लाख हाराहारी चल्ला रहे पनि अहिले धेरै कम भएको छ, अब तत्काल प्यारेन्ट आयात बढाउँदा पनि कम्तीमा ८ महिना त चल्ला उत्पादन बढाउनै लाग्छ । 
नेपालमा चल्ला उत्पादन गर्ने माउ प्यारेन्ट कुखुरा थाइल्याण्ड, फिलिपिन्स, जर्मनीलगायत मुलुकबाट आउने गरेकोमा लकडाउनका कारण प्रभावित बनेको छ । 


दाना उत्पादक व्यवसायीले ब्रोइलर तथा लेयर्स दानाको भाउ पनि बढाएका थिए । दाना बनाउन आवश्यक पर्ने मकै भटमासको भाउ बढेको भन्दै उनीहरूले प्रतिकिलो ३ रुपैयाँका दरले दानाको भाउ बढाएको छ । नयाँ मूल्य अनुसार ब्रोइलर कुखुराको दानाको भाउ प्रतिकिलो ६० रुपैयाँ र लेयर्सको ५५ रुपैयाँ हाराहारी पुगेको छ । दानाको मात्रै होइन, पछिल्ला महिनाहरुमा निरन्तर पेट्रोलको भाउ पनि वढेको बढयै नै छ । पेट्रोल, डिजेलको भाउ बढ्नु भनेको समग्र अर्थतन्त्र र योसँंग प्रत्यक्ष सम्वन्ध राख्ने पोल्ट्री व्यवसायलाई त सिधा असर पर्ने नै भयो । 


लगानी नै नउठ्ने अवस्था आयो
उपभोक्ताले चर्काे मूल्यमा मासु खरिद गर्नुपरिरहेको बेला किसानको चिन्ता भने ठीक विपरित छ । उनीहरुको सामूहिक भनाई छ, लगानी नै नउठने अवस्था आयो । 


व्यापारीले बजारमा मासुको उपभोक्ता मूल्य बढाए । र वढाउनुपर्ने बाध्यता पनि छ । चल्ला र दाना उत्पादक संघले पनि दुवैको भाउ बढाए । तर स्वयं कुखुरापालक किसान भने जिउँदो कुखुरा बिक्रीको भाउ निराशाजनक रहेको बताउँछन् । उपभोक्ताले महँगोमा मासु किनेको सुन्दा आफूहरूले सो अनुसारको मूल्य नपाएको अवस्था छ । 


मासु, चल्ला र दानाको मूल्य बढ्ने तर त्यसको भार उपभोक्ता र किसानलाई मात्रै हुने यो कस्तो प्रणाली हो ? सरकार किन यसमा चुप बसेको ? भन्दै किसानहरु आक्रोस पोखिरहेका छन् ।


किसान, किसानबाट उठाउने पहिलो डिलर, सवडिलर, कोल्डस्टोरवाला र उपभोक्ताकोवीचमा आवश्यक मात्रामा समन्वय, सदभाव छैन ।

सरोकारवालाहरुवीच अन्तरक्रिया, छलफल मात्रै नभएको होइन,  पारदर्शिता पनि छैन । दीर्घकालिन नीति तय गरी एकआपसमा आरोप प्रत्यारोप भन्दा समन्वय कसरी गर्ने त्यसको कसैलाई वास्ता छैन । त्यसकारण यसका लागि प्रत्यक्ष समन्वय कि त नेपाल सरकारको सम्वन्धित निकायबाट हुनुपरयो अथवा पोल्ट्री व्यवसायसँंग सम्वन्धित छाता संगठनले गर्नुपर्छ । अन्यथा किचलो, तानातान, आरोप प्रत्यारोपको वातावरण सधै कायमै रहनेछ ।

यसले एकआपसमा अविश्वासको वातावरण मात्रै होइन, द्धन्द्धको अवस्थासमेत सृजना हुने गरेको छ । 


दाना र चल्ला उत्पादक एवं मासुको मूल्य तोक्नेहरूले कार्टेलिङ गरेर विना कुनै आधार मूल्य बढाएको र त्यसमा सरकारी संयन्त्रको पनि साथ रहेको देखिएका छन । किसानले पालेको जिउँदो कुखुराको मूल्य समेत उद्योगी तथा सिण्डिकेटधारी व्यवसायीहरूले तोक्ने गरेको भनाई छ ।

चल्ला, दाना र मासुको मूल्य बढेपछि देशभरका कुखुरा पालक किसानको जिउँदो कुखुरा बिक्री मूल्य ३१५ रुपैयाँ पु¥याइए पनि मूल्य बढेको तुलनामा त्यो भाउले लगानी पनि नउठ्ने बताउँंछन् किसान । ‘कुखुरा मर्ने दर निकै ठूलो छ, उपभोक्ताले महँगोमा मासु किन्दा पनि किसान व्यवसाय छाडेर हिंड्नुपर्ने अवस्थामा पुगेका छन्’ भन्दै उनीहरु व्यवसाय छोडदै छन । दाना र चल्लाको मूल्य वृद्धिबारे वाणिज्य विभागलाई बारम्वार ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको किसानहरुको भनाई छ ।
अव के गर्ने ?  


मासु खान पाउनु जनताको नैसर्गिक अधिकारभित्र नै पर्दछ । त्यो पनि सकेसम्म कम दरमा पाउने चाहना हुनु आन्तरिक चाहना हो । ब्राइलरको मासु पाँंचतारे होटेलदेखि सामान्य ठेलागाडा व्यवसायीसम्मले विक्री गर्दछन् । जुन उनीहरुको प्रमुख सेल्स अन्तर्गत पर्दछ पनि । कुल मासुका ८० प्रतिशत मासु ब्रोइलर कुखुराकै हुन्छ ।

त्यो होटल होटल होइन, जुन होटलमा ब्रोइलर कुखुराको मासु नहोस् । त्यसकारण यो विषयमा सवैजना गम्भीर हुनैपर्छ । सवैको ध्यान तानिनै पर्छ । 


प्रत्येक नेपालीको भान्छाभान्छामा अनिवार्य उपभोग्य वस्तुभित्र पर्ने यति महत्वपूर्ण विषयकोबारेमा पनि कुनै पनि निकाय चाहे सरकार होस वा निजी छाता संगठनहरु हुन् कसैको ध्यान जान सकेको छैन । यति चरम विन्दुमा पुग्दा पनि कसैले कुनै पनि विषयमा नवोलेको, आवाज नउठाएको देख्दा अच्चम लाग्नु स्वभाविक नै हो ।

हामी चाहन्छौ, यसको यथाशक्य छिटो समाधान होस । समस्याको जड पता लगाई समाधान होस् । यसका लागि समाधान खोजी सुरु हुन ढिला भइसक्यो । एक वर्ष भन्दा लामो लकडाउनबाट ग्रस्त जनतालाई मार पर्ने विषयको निराकरण गर्नु जरुरी छ ।

अन्यथा कृषकलगायत सम्पूर्ण व्यवसाय नै पलायन नहोला भन्न सकिन्न । जसको कारण लाखौ प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी गुम्नेछ भने सरकारले पाइआएको ठूलो धनराशी (कर) गुम्नेछ । यसको फाइदा भारतलगायत अन्य मुलुकहरुले प्रत्यक्ष लिनेछन् ।
अन्तमा
मुलुक फेरि लकडाउनमा पुगेको छ । यसले सवै क्षेत्रलाई जस्तै मासु र मासुजन्य पदार्थमा असर पार्ने निश्चित नै छ ।

तथापि हामीले मासु भने खानु नै पर्ने हुन्छ । दैनिक दाल, भात, तरकरी जस्तै काम केही नभएको अवस्थामा पनि मासु पनि खानु नै पर्ने हुन्छ । यसकारण लकडाउनले मासु र मासुजन्य पदार्थमा पार्ने असरलाई न्युनीकरण गर्न लाग्नु आजको आवश्यकता हो ।  
(लेखक जे एस चिकेन सप्लायर्स चुनदेवी भक्तपुरका संस्थापक सदस्य हुन् ।) 

More blogs
See All
 The image is not available

Jun 08, 2021

भक्तपुरमै सूपथ मूल्यमा पाइन्छ कालिजको मासु
मासु भन्ने वित्तिकै अहिले ब्रोइलर कुखुराको मासु सम्झिन्छौं हामी। अरुको तुलनामा सस्तो र सजिलै पाइन्छ पनि यो। अहिले मान्छेमा केही नयाँ टेस्ट गरौं, नयाँ ठाउँ घुमौं भन्ने सोच पलाएको छ। त्यस्तै कुखुरा र खसीको मासुबाहेक कालिजको मासु खाने ट्रेण्ड चलेको छ अहिले। काठमाडौंका रेष्टुरेन्ट, होटलमा कालिजको मासु पाइनुका साथै जिउँदै ल्याएर देखाएर राख्ने चलन पनि छ।
 The image is not available

Jun 08, 2021

Some Tips during Lock-down !!!
जे भए पनि सास छउन्जुले आस हुन्छ, भने उखानबाट प्रेरित हामी हरेस खाएर हैन, होस र हौसलाले जीवन अगाडि वढाउनु छ । दोश्रो लकडाउन त्यसमा पनि कडा भेरियन्ट बाहिर हिड्ने त अवस्था रहेन नै । यसले मानिसमा तनावको वातावरण सृजना भएको छ, जुन अकल्पिनीय छ । गर्ने के त ? न्यूज टिभी, सिरियल, मुभी । त्यसले पनि वाक्कदिक्क । तर पनि विकल्प छ । एक दिन होइन, दुई दिन होइन महिनौ महिना यसरी दिक्दारीमा वस्दा मानिसमा एन्जायटीलगायतका मानसिक रोगले नसताउला भन्न सकिन्न । त्यसकारण यस्तो अवस्थाबाट मुक्त हुन धेरै उपायहरुमध्ये एक हुनसक्छ, घरमा फुर्सद्को समयमा मासुका थरीथरीका परिकार बनाई खानु र सयम व्यथित गर्नु । मासुमा भिटामिन ‘ए’ भिटामिन बी र भिटामिन डी, आइरन, जिंक, पोटासियमलगायत पौष्टिक तत्व हुन्छ ।
 The image is not available

Feb 11, 2021

हजुरहरुलाई कुनै पनि प्रजातिका चल्ला चाहिएमा सम्पर्क गर्नुहोला.
हजुरहरुलाई कुनै पनि प्रजातिका चल्ला चाहिएमा सम्पर्क गर्नुहोला.
 The image is not available

Feb 10, 2021

भक्तपुरको हनुमानघाटस्थित नारायण मेलाको ब्रत
भक्तपुरको हनुमानघाटस्थित माधव नारायण मेलाको ब्रत बसिरहेका छन्