Some Tips during Lock-down !!!

Jun 08, 2021

 The image is not available

सुस्मिता उपाध्याय

यदायदा ही धर्मस्य, ग्लानिर भवती भारत

अभ्युथानं अधर्मस्य तदात्मानम सिर्जभ्यिह्म

 मतलब जव अधर्मले सवैतिर अस्तव्यस्त बनाउँछ, भगवान आफैं प्रकट भई रक्षा गर्नुहुन्छ ।

यो प्रसंग हालको दयनीय मानव अवस्थाको हो । किनकि मानव जातिले नै धर्ममाथि कडा प्रहार, अन्याय र असत्यलाई हावी गराउने गर्दा यो अवस्थाको सृजना भन्नु अतिशयुक्ति नहोला । यति मात्रै होइन, विकासको नाममा प्रकृतिको पलपलमा विनास गर्ने, आदर सत्कारलाई वेवास्ता गर्ने, गुरु भन्दा गुण्डालाई पूजा गर्ने, इतिहास मेटदै आर्थिक र व्यक्तिगत स्वार्थका लागि भगवानको बासस्थान भत्काउने, सर्पलगायत यावत अत्यन्त महत्वपूर्ण प्राणी, वनस्पतिको नाश गर्ने, साक्षात भगवान बाआमालाई सडकपेटी बृद्धाश्रममा छोडिदिने, नदीनालालाई आफनो गन्तव्यमा जान नदिने र शक्तिको नाममा दैनिक करोडौ लिटर विष उत्पादान गर्ने जस्ता कहालीलाग्दा प्रत्यक्षअपत्यक्ष घटनाले आज सारा मानव जगत सवैभन्दा सस्तो र सर्वसुलभ अक्सिजन जस्तो चिजको अभाबले दैनिक घर अस्पतालमा देहत्याग गर्न बाध्य छन् । जुन आजकलका हट न्यूजजमा पर्दछन् । सर्वविदितै छ, धर्म कुनै पनि मानौ र विकासका लागि हरपल प्रयास गरौ तर चारकोस जंगल मासेर हैन, विषालु सर्पलाई मारेर हैन, जंगली जनावर भगवानबाट सिर्जित गरिएका भवित सृष्टिको सर्वनास गरेर हैन । चन्द्रमा र मंगल ग्रहमा यान उतार्नुस तर पृथ्वीको त सर्वनास हुँदैछ । अव हामीलाई सितल प्रदान गर्ने चन्द्रमामा पनि प्रदूषण नगर । प्रशान्त महासागरदेखि चन्द्रमा अनि विधिका अग्ला हिम शिखरमा गरिएका अत्यधिक प्रदूषण र तराईदेखि हिमालसम्म खोलिएका लगायत सवैखाले उद्योगका धुँवा र कमिलाका ताँती जस्ता गाडीका धुवा, त्यसमा पनि १० सौ वर्ष पुराना कवाडी गाडी सिधै स्वास्थ्यका लागि घातक हुन् । त्यसैले आज विभिन्न रोगको संक्रमण हुँदै कोरोना जस्तो विकराल महामारीको रुपमा प्रस्तुत भएको छ, जसले विज्ञानलाई पछाडि धकेलिदिएको छ । प्रत्येक अस्पताल भरिएका छन् । अक्सिजन छैन । आइृसीयू छैन । के छैन, कुन छैन अव वाच्ने कसरी ? अनि अन्त्यमा एक दुई पुस्ता नै गायब हुनेछ । त्यसैले वेलैमा सोच र विचार अनि स्वार्थ हामी वितण्डा मचाइरहेको छ । डव्लूएचओ भन्छ, जव नेपाल उच्च खतरामा पर्दछ, तव सरकार निरीह छ, कमजोर छ, विज्ञहरु तिरस्कृत र अनविज्ञ, सरकार लाचार छ, भन्छ अव सकिन्न । अव भनौ हामी सतिले सरापेको देशका नागरिक चित बुझाउनुको ठाउँ यति नै छ ।

प्रसंग वदलौ । जे भए पनि सास छउन्जुले आस हुन्छ, भने उखानबाट प्रेरित हामी हरेस खाएर हैन, होस र हौसलाले जीवन अगाडि वढाउनु छ । दोश्रो लकडाउन त्यसमा पनि कडा भेरियन्ट बाहिर हिड्ने त अवस्था रहेन नै । यसले मानिसमा तनावको वातावरण सृजना भएको छ, जुन अकल्पिनीय छ । गर्ने के त ? न्यूज टिभी, सिरियल, मुभी । त्यसले पनि वाक्कदिक्क । तर पनि विकल्प छ । एक दिन होइन, दुई दिन होइन महिनौ महिना यसरी दिक्दारीमा वस्दा मानिसमा एन्जायटीलगायतका मानसिक रोगले नसताउला भन्न सकिन्न । त्यसकारण यस्तो अवस्थाबाट मुक्त हुन धेरै उपायहरुमध्ये एक हुनसक्छ, घरमा फुर्सद्को समयमा मासुका थरीथरीका परिकार बनाई खानु र सयम व्यथित गर्नु । मासुमा भिटामिन ‘ए’ भिटामिन बी र भिटामिन डी, आइरन, जिंक, पोटासियमलगायत पौष्टिक तत्व हुन्छ । मासु खान जान्दा पोषण हो भने नजान्दा रोग । जथाभावी मासु खानु हुँदैन । मासुमा शरीरलाई आवश्यक प्रोटिनको मात्रा प्राप्त गर्न सकिन्छ । स्वस्थ मासु खाँदा शरीरमा स्फुर्ती आउँछ । मासु पकाउन, खान तथा स्टोर गर्न नजान्दा मासुले हाम्रो शरीरमा असर गर्न सक्छ । त्यसैले मासु किन्दा, पकाउँदा र खाँदा सावधानी अपनाउनुपर्नेमा चिकित्सकीय सुझाव छ । मासुको मात्रा नमिल्दा बिरामी हुने गर्छन् । धेरै मासु खाँदा कतिपय मानिस विभिन्न स्वास्थ्य समस्याबाट पीडित बन्ने गरेका छन् । तर, के कारणले समस्या आइलाग्यो भनेर ख्याल गर्दैनन् । खानपिनमा सामान्य ध्यान नदिँदा दसैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडावान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिक हुन सक्छ । यसतर्फ बेलैमा सचेत हुनुपर्दछ । रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरा बढ्न सक्छ । मासु खाँदा सावधानी अपनाएर खानुपर्छ । सकभर बासी नखाने, मासु मात्र नखाने, त्यसमा सागसब्जी र गेडागुडी पनि समावेश गर्ने गर्नु पर्दछ । हामी घरमै बसेर पनि मासुका धेरै परिकार बनाउन सक्छौं । हामी मासुबाट तयार पार्न सकिने विभिन्न परिकारबारे कमै जानकार छौं । हामीले सधं पकाउँदै आएको खानेकुरालाई पनि अलिकति मेहनेत र आइडिया लगायौं भने हाम्रो घरमै होटल वा रेस्टुराँमा उपलब्ध हुने जस्तै परिकार पकाउन सकिन्छ । घरमा मासु मात्र भएर हुँदैन । विभिन्न परिकार बनाएर खान मन लाग्छ । तर सीप नहुँदा परिकार बनाउन नसकिएको पनि हुन सक्छ । विभिन्न परिकार बनाउन सिपको जरुरत पर्छ । तर, सीपको अभावमा धेरै परिकार भने बनाएर खाने गरिएको हुँदैन । एकै मासुबाट विभिन्न परिकार बनाउन सकिन्छ ।

यसै प्रसंगमा नेपालमा अन्य मुलुक जस्तै ब्रोइलरको मासु अण्डाबाट के कस्ता प्रकारका परिकार तयार गर्न सकिन्छ भनी पोल्टी व्यवसायका  कम्पनीका प्रवन्ध निर्देशक वावुराम थापा लाई जिज्ञासा राखेका थियौं । सर्वप्रथम त सरकारी नीति उदारबादी, प्रत्यक्ष कृषकमुखी कृषि प्रणाली, सर्वसुलभ दाना अनुदानमा विशेष पहल र वैंक व्याज मिनाहा, आधुनिक औजारमा भन्सार छुट र विचौलियारहित प्याकेज उपलव्ध भएमा हामो देशको माग पूरा गरी छिमेकीलगायत अन्य मुलुकहरुमा पनि निर्यात गर्न सकिन्छ । फलस्वरुप यहाँका जनता (कुनै पनि वर्गका) सहजै यसको २० औ परिकारको मज्जा लिन सक्नेछन । अन्यथा न त देशले आफनै उत्पादनले नपुगेर आयात गर्न महिनाको रु चार सय ५० भन्दा वढी प्रतिकेजी पर्नेछ, जुन अत्यन्त दुखद हुनेछ ।

परिकारका लागि विधि र सामग्री यस्तो छ । चिकेन पोलेको कुखुराको हाड नभएको मासुमा अदुवा, लसुनको पेस्ट, खुर्सानीको धुलो, हरियो खुर्सानी पिसेको, नेपाली मसला, बेसार, तोरीको तेल, नुन स्वाद अनुसार राखेर मोल्ने । भाँडोमा तेल तताएर मेथी अनि मोलेको चिकेनमा झानिदिने । झानिसकेपछि ५ देखि ७ डिग्री तापक्रम भएको फ्रिजमा आधा घण्टा राख्ने। फ्रिज छैन भने यत्तिकै राख्न पनि सकिन्छ। यसपछि झिर वा तारमा, जालीमा, हट प्लेटमा, ननस्टिक प्यानमा पोल्न सकिन्छ। यसरी पोलेको कुखुरा गोलभेँडाको अचारसँग खाँदा निकै स्वादिलो हुन्छ। छोयला दसैंमा पकाइने मासुको परिकार अन्तर्गत छोयला पनि एक हो। चिकेन, हाँस, बफ, मटन लगायतका सबैजसो मासुको छोयला बनाउन सकिन्छ। जुनसुकै मासु भए पनि छोयला बनाउने विधि भने एउटै रहेको हुन्छ। मासुलाई सफा गरेर चेप्टो र लामो आकारमा पिस बनाउने। नुन, बेसार राखेर राम्रोसँग मोल्ने। यसरी मोलेको मासुलाई आधा घन्टासम्म त्यसै छोपेर राख्ने। अब गोल, कोइला या ग्यासमा जाली राखेर मोलेको मासुलाई राम्रोसँग पाक्ने गरी पोल्ने। पोलेर तयार भएको मासुमा मरमसला, जिरा, रातो खुर्सानी, लसुन, अदुवा, धनिया, मरिच, टिमुर हालेर मज्जाले मोल्ने। तेल तताएर तयारी मासुलाई झान्ने। अन्त्यमा हरियो खुर्सानीको मसिनो टुक्रा र हरियो धनियाँ काटेर छर्कने। आफ्नो स्वाद अनुसार कागतीको रस पनि मिसाउन सकिन्छ। घरमा फ्रिज छ भने करिब आधा घन्टा चिसोमा राख्ने। यसले गर्दा मासुमा मसला पूरै भिज्न पाउँछ छोयलाको मीठो स्वाद बन्छ। साधेको कुखुराको मासु कुखुराको मासुका पिस पानीमा उमाल्ने। करिब १० मिनेटजति उमालेपछि मासु पाक्छ। पाकेको मासु निकालेर एउटा भाँडोमा राख्ने। उमालेको पानी निकाल्नुपर्छ। मासुमा बेसार, नुन, काटेको लसुन, अदुवा र हरियो धनियाँ राख्ने र मज्जासँग मोल्ने। केही बेर यत्तिकै राख्ने। अर्को कुनै भाँडो चुलोमा बसालेर तोरीको तेल तताउने। तेल तातेपछि हरियो खुर्सानी, मेथी पड्काउने। तेलमा खुर्सानी र मेथी फुरेपछि मासु राखिएको भाँडोमा खन्याउने। फेरि मासुमा सबै मसला नभिजुन्जेल राम्रो गरी मोल्ने। केही बेर मोलेपछि मासु खानका लागि तयार हुन्छ ।

More blogs
See All
 The image is not available

Jun 08, 2021

भक्तपुरमै सूपथ मूल्यमा पाइन्छ कालिजको मासु
मासु भन्ने वित्तिकै अहिले ब्रोइलर कुखुराको मासु सम्झिन्छौं हामी। अरुको तुलनामा सस्तो र सजिलै पाइन्छ पनि यो। अहिले मान्छेमा केही नयाँ टेस्ट गरौं, नयाँ ठाउँ घुमौं भन्ने सोच पलाएको छ। त्यस्तै कुखुरा र खसीको मासुबाहेक कालिजको मासु खाने ट्रेण्ड चलेको छ अहिले। काठमाडौंका रेष्टुरेन्ट, होटलमा कालिजको मासु पाइनुका साथै जिउँदै ल्याएर देखाएर राख्ने चलन पनि छ।
 The image is not available

Feb 11, 2021

हजुरहरुलाई कुनै पनि प्रजातिका चल्ला चाहिएमा सम्पर्क गर्नुहोला.
हजुरहरुलाई कुनै पनि प्रजातिका चल्ला चाहिएमा सम्पर्क गर्नुहोला.
 The image is not available

Feb 10, 2021

भक्तपुरको हनुमानघाटस्थित नारायण मेलाको ब्रत
भक्तपुरको हनुमानघाटस्थित माधव नारायण मेलाको ब्रत बसिरहेका छन्